Loading...
You are here:  Home  >  समाज  >  Current Article

गैर नेपालीलाई नागरिकताः ९ लाख धरौटी बुझाएर रिहा भए विर्तामोड–८ का वडाध्यक्ष

२१ वैशाख,   खबरमञ्च,   at 2:16 PM

By   /  May 4, 2021  /  Comments Off on गैर नेपालीलाई नागरिकताः ९ लाख धरौटी बुझाएर रिहा भए विर्तामोड–८ का वडाध्यक्ष

    Print       Email

झापा । झापाको विर्तामोड नगरपालिका ८ का तत्कालिन वडाध्यक्ष अजय कार्की जंगे रिहा भएका छन् ।

गैर नेपालीलाई झुठा विवरणमा नागरिकता दिन सिफारिस गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष कार्की ९ लाख धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् ।

कार्की सोमवार पक्राउ परेका थिए । पक्राउपछि प्रहरीले अदालत हाजिर गराएको प्रवक्ता राकेश थापाले जानकारी दिए । उनका अनुसार अदालतले ९ लाखको धरौटी खुलाएको थियो ।

सो रकम धरौटी बुझाएर कार्की तारेखमा छुटेका छन् । उनी विरुद्ध विभिन्न तीन वटा मुद्धा दर्ता भएका थिए ।

कार्कीभन्दा कम मुद्धा दर्ता भएका र कम दायित्वमा परेकाहरु कारागार चलान भइसकेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जेठ १ देखि दमक पूर्णरुपमा बन्द, वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्ने

Read More →