Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

डा. केसी आजदेखि सत्याग्रह बस्दै, के-के छन् उनका माग ?

२७ भदौ,   खबरमञ्च,   at 11:34 AM

By   /  September 12, 2022  /  Comments Off on डा. केसी आजदेखि सत्याग्रह बस्दै, के-के छन् उनका माग ?

    Print       Email

काठमाडौं । आफ्ना मागका बारेमा सरकारले कुनै प्रतिक्रिया नजनाएको भन्दै डा. गोविन्द केसी सोमबारदेखि सत्याग्रह बस्ने भएका छन् ।

सत्याग्रह बस्नका लागि उनी धनगढी पुगेका छन् । साँझ ५ बजेदेखि उनी सत्याग्रह बस्ने भएका हुन्।

डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) समयसीमा दिएका थिए। उनले त्यसअघि १२ भदौसम्म अल्टिमेटम दिएका थिए। सरकारले थप दुई साता माग गरेको भन्दै उनले भदौ १२ मा बस्ने भनेको सत्याग्रह २७ सम्म स्थगन गरेका थिए।
  
यस्ता छन् केसीका मागः
१) स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।
 
२) जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।

३) संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।

४) सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।

५) स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्।

६) देशभर दिगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

Read More →