Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

म्याच फिक्सिङकाे आराेप लागेका सबैले पाए सफाइ

२ असार,   खबरमञ्च,   at 7:46 PM

By   /  June 16, 2020  /  Comments Off on म्याच फिक्सिङकाे आराेप लागेका सबैले पाए सफाइ

    Print       Email

काठमाडौं । म्याच फिक्सिङ गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक प्रशिक्षक, एक फिजियोथेरापिस्ट, तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका छन्।

मंगलवार न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो।

फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ४ फुटबलरलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

फिफा वरियतामा नेपाल यथावत्

Read More →