Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

३२ बर्षे युवक ८१ बर्षे बृद्ध भएर अमेरिका उड्न खोजेपछि…

२६ भदौ,   खबरमञ्च,   at 12:35 PM

By   /  September 12, 2019  /  Comments Off on ३२ बर्षे युवक ८१ बर्षे बृद्ध भएर अमेरिका उड्न खोजेपछि…

    Print       Email

एजेन्सी । एक भारतीय युवकले अमेरिका छिर्ने गजबको काइदा बनाउँदा पनि असफल भएका छन् । आफ्नो भेष बदलेर एकासी वर्षीय वृद्धको रुपमा अमेरिका उड्न लाग्दा उनी पक्राउ परे । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका ती युवक हुन् जयेश पटेल, जो भर्खर ३२ वर्षका छन् ।

भएको भारतीय अधिकारीहरूले जनाएअनुसार पटेल आइतबार नक्कली भेष बनाएर अमेरिकाको न्यूयोर्क जान विमान चढ्न लागेका थिए । सोही बेला नक्कली राहदानीसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । ठ्याक्कै बूढो देखिनेगरी फुलेको दाह्री र मोटो चस्मा लगाएका ती युवकले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेका थिए ।

तर उनको यो नाटक धेरै बेर टिक्न सकेन । सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले सञ्चारमाध्यमलाई जनाए अनुसार पटेल पक्कै पनि ८० वर्षका नरहेको र उनको छाला भने युवाहरूको जस्तो रहेको देखेपछि उनीमाथि शंका भएको थियो । थप शंका तब बढ्यो, जब उनले दोस्रो सुरक्षा जाँचका क्रममा उमेरका कारण आफू उभिन नसक्ने बताए ।

शंका लागेसँगै अध्यागमनका अधिकारीहरुले उनको राहदानी मागे । सो राहदानीमा उनको नक्कली नाम अम्रिक सिंह र जन्ममिति १ फेब्रुअरी १९३८ थियो । जन्मस्थान भने दिल्ली भएको उल्लेख थियो । यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लिखित उमेरसँग मेल खाएजस्तो नदेखिएपछि उनीमाथि सोधपुछ सुरु भयो ।

सोधपुछका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए । अनि उनलाई पक्राउ परे ।

खासमा उनको घर गुजरात राज्यमा रहेछ । उनी ३२ वर्षका थिए । एक दलालले उनलाई नक्कली राहदानी र अमेरिकी भिसा उपलब्ध गराएका रहेछन् । सोही अनुसार दलालले पटेलको हुलिया बदल्ने व्यवस्था समेत मिलाइदिएकाे अनु्सन्धानका क्रममा खुलेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →