Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

२९ बुँदे सम्झौतापछि टेलिकमका कर्मचारीको आन्दोलन स्थगित (सम्झौता पत्रसहित)

१२ भदौ,   खबरमञ्च,   at 2:59 PM

By   /  August 28, 2021  /  Comments Off on २९ बुँदे सम्झौतापछि टेलिकमका कर्मचारीको आन्दोलन स्थगित (सम्झौता पत्रसहित)

    Print       Email

काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

कम्पनीसँग शनिबार २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित भएको हो ।

टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा उठाउँदै धर्ना बसेका थिए ।

नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलित थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक

Read More →