Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

२४ घन्टामा सर्वाधिक ६६४ जना सङ्क्रमणमुक्त, निको हुनेको संख्या ५३२० पुग्यो

१८ असार,   खबरमञ्च,   at 7:51 PM

By   /  July 2, 2020  /  Comments Off on २४ घन्टामा सर्वाधिक ६६४ जना सङ्क्रमणमुक्त, निको हुनेको संख्या ५३२० पुग्यो

    Print       Email

काठमाडौं । गएको २४ घन्टामा ६ सय ६४ जना उपचारपछि संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। सङ्क्रमणमुक्त भएकाहरूको यो संख्या अहिलेसम्मको सर्वाधिक हो।

यो सँगै निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार एक हजार ४ सयभन्दा बढी डिस्चार्ज भएका थिए।

नेपालमा पछिल्लो २४ घन्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संखया १४ हजार ५ सय १९ पुगेको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →