Loading...
You are here:  Home  >  समाज  >  Current Article

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १७ बर्षपछि प्रहरीले पक्रियो

२३ साउन,   खबरमञ्च,   at 7:54 PM

By   /  August 7, 2020  /  Comments Off on कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १७ बर्षपछि प्रहरीले पक्रियो

    Print       Email

विर्तामोड । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त घटना भएको १७ बर्षपछि पक्राउ परेका छन्।

एउटी महिलाको हात छोएको विषयमा विवाद भइ कुटपिटबाट हत्या गरेर फरार रहेका एक जना अभियुक्तलाई घटना भएको १७ बर्षपछि प्रहरीले पक्राउ गरेको हो।

झापाको साविक जलथल गाविस ८ हाल हल्दीबारी गाउँपालिका ५ का ४३ वर्षीय दुर्गाबहादुर थापा मगरलाई घटना भएको १७ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिहीबार थापा मगरलाई मेचीनगर नगरपालिका १२ शहरेडाँगीमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

मगरले २०६० कार्तिक ३० गते टाघनडुब्बा गाविस वडा नं. ४ हाल झापा गाउँपालिका सोही वडाका ४५ वर्षीय बीरिकलाल माझीलाई कुटपिट गरि घाइते गम्भीर घाइते बनाएपछि चार दिनपछि मेची अस्पताल भद्रपुरमा उनको मृत्यु भएको थियो।

प्रहरीले मगरलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →