Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

७ असोज,   खबरमञ्च,   at 8:44 AM

By   /  September 23, 2020  /  Comments Off on १५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

    Print       Email

फिक्कल । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने भएको छ।

‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।

मंगलबार इलामको फिक्कलमा आयोजित सभामा कृषिमन्त्री घनश्याम भुसालले १२ वटा चिया उद्योग तथा उत्पादकलाई ट्रेड मार्क वितरण गरेर त्यस्को कार्यान्वयनको शुरुवात गरेका हुन्।

उक्त ट्रेड मार्क वितरण गर्दै कृषि मन्त्री घनश्याम भुसालले अब नेपालको अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने बताए।

नेपालको अर्थोडक्स चियालाई विदेश निर्यात गर्दा गुणस्तर तथा ब्रान्डमा एक रुपताका लागि नेपालमा पहिलो पटक चियाको व्यापारिक चिन्ह प्रयोगमा ल्याइएको मन्त्री भुसालले बताए।

यस अघि नेपालको अर्थोडक्स चियामा व्यवसायीका आफ्नै लोगो थिए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले लोगो निर्माण तथा वितरणका मापदण्डका लागि कार्यविधी २०७४ सालमै बनाइसकेको थियो।

खासगरि चियाको हरियो पत्ती टिपाई, सरसफाई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिवन्धित रसायनको प्रयोग नगरि उत्पादन गर्न उक्त कार्यविधिले निर्देशित गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१६ करोड मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद

Read More →