Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२७ भदौ,   खबरमञ्च,   at 12:41 PM

By   /  September 12, 2022  /  Comments Off on १० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    Print       Email

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । २८ दिन अवधिको ५ अर्ब रूपैयाँको ट्रेजरी बिल असोज २५ मा परिपक्व हुनेछ । यस्तै, ५ अर्ब रूपैयाँकै ९१ दिन अवधिको बिल मंसिर २७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राहदानीबाट झापामा ८ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन

Read More →