Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

‘ह्याप्पी बर्थ डे’ मनिषा कोइराला !

३२ साउन,    at 1:50 PM

By   /  August 16, 2020  /  Comments Off on ‘ह्याप्पी बर्थ डे’ मनिषा कोइराला !

    Print       Email

काठमाडौं । अभिनेत्री मनिषा कोइराला ५० वर्ष पुगेकी छन् ।

सन् १९८९ मा नेपाली चलचित्र फेरि भेटौंलाबाट चलचित्रको दुनियामा प्रवेश गरेकी मनिषाका थुप्रै चलचित्र सफल भएका छन् ।

पछिल्लो समय चलचित्र सन्जुमा रणवीरको साथमा सञ्जय दत्तकी आमा नरगीसको भुमिकामा उनी देखिएकी थिइन । मनिषाले हिन्दी, नेपाली तथा तामिल चलचित्रहरुमा अभिनय गरेकी छन् ।

केही समय अघि नेपाल सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा लगायतका नेपाली भूमी समेटेर सार्वजनिक गरेको नयाँ नक्साका विषयलाई लिएर दिएको अभिव्यक्तिले नेपालमा उनको छवि थप उचो बनाएको थियो । तर भारतीय मिडियामा भने उनको चर्को आलोचना भएको थियो । यी सबमा बाबनुद पनि मनिषाले नेपाली हुनुका नाताले राष्ट्रियताप्रति जुन दृढता प्रस्तुत गरिन् त्यसको सबैले प्रशंसा गरिरहेका छन् ।

मनिषाको जिन्दगी यतिकैमा मात्र सिमित छैन । केही समयअघि क्यान्सर जस्तो प्राण घातक रोगको शिकार बनेकी उनले त्यसलाई पनि जितिन् । त्यसयता उनी प्ररेक व्यक्तित्वका रुपमा पनि चिनिन्छिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साहित्यकारद्वय प्रश्रित र उप्रेतीबीच आरोप-प्रत्यारोप, दुवैद्वारा पद्मश्री सम्मान नलिने घोषणा

Read More →