Loading...
You are here:  Home  >  समाज  >  Current Article

होम क्वारेन्टाइनमा बसेका नागरिकको अवस्था बुझ्न घर-घरमा भद्रपुरका मेयर श्रेष्ठ

१३ चैत,   खबरमञ्चडेस्क,   at 8:03 PM

By   /  March 26, 2020  /  Comments Off on होम क्वारेन्टाइनमा बसेका नागरिकको अवस्था बुझ्न घर-घरमा भद्रपुरका मेयर श्रेष्ठ

    Print       Email

भद्रपुर । भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठले नगरभित्र होम क्वारेन्टाइनमा बसेकाहरूको अवस्थाबारे जानकारी लिएका छन् ।

विभिन्न देशबाट आएर यतिबेला घरमै क्वारेन्टाइन (एकान्तवास) मा बसिरहेका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन मेयर श्रेष्ठ घर-घर पुगेका हुन् ।

जानकारी लिँदा सबैको स्वास्थ्य अवस्था सामान्य पाएको मेयर श्रेष्ठलाई उदृत गर्दै प्रेस सल्लाहकार गंगा बरालले जानकारी दिइन् ।

यसबाहेक मेयर श्रेष्ठले स्वास्थ्यमा समस्या आए वा कुनै समस्या भए नगरपालिकामा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । मेयर श्रेष्ठले आफूसँगै स्वास्थ्य शाखाका फोकलपर्सन, नगर प्रहरी, स्थानीय प्रहरीलाई समेत लिएर गएका थिए ।

साे अवसरमा स्वास्थ्य शाखाका फोकलपर्सनहरूले  हाेम क्वारेन्टाइनमा बस्दा अपनाउने पर्ने सावधानीका बारेमा पनि जानकारी गराएका थिए ।

विश्वव्यापी रूपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार पुगिसकेको छ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलँदो छ । कोरोनाको संक्रमण फैलनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले यतिबेला देशभर लकडाउन गरेको छ ।

संक्रमण फैलिएका विभिन्न देशबाट आएका आफ्ना नागरिक संक्रमित नहुन् भनेर सरकारले उनीहरूलाई होम क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरकारसँग सर्वोच्चको प्रश्नः सीमामा रोकिएका नेपालीलाई प्रवेेश नदिनुको कारण के हो ?

Read More →