Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

होम आइसोलेसनबाट पूर्व स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘प्रधानमन्त्रीको मुटु रहेनछ’

२९ असोज,   खबरमञ्च,   at 6:38 PM

By   /  October 15, 2020  /  Comments Off on होम आइसोलेसनबाट पूर्व स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘प्रधानमन्त्रीको मुटु रहेनछ’

    Print       Email

काठमाडौं । कोरोना भाइरस संक्रमणको यत्रो महामारीमा देश जुधिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली अनावश्यक कुरामा अल्झेको नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन्।

परिवारसहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका थापाले सामाजिक सञ्जालमा भिडियो सन्देश प्रशारण गर्दै प्रधानमन्त्री ओलीको मुटु नै नरहेको बताए।

उनले भने, ‘कैयौं उपाय हुँदा हुँदै पनि कोरोना संक्रमण नियन्त्रणका लागि नलाग्नु प्रधानमन्त्रीको मुटु रहेनछ भन्नेमा म पुगेको छु।’

उनले काठमाडौं उपत्यकामा सामुदायिक आइसोलेसन बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘अझै पनि समय छ। सबै नागरिक सरकारलाई सहयोग गर्न तयार छन्। तर प्रधानमन्त्रीको ध्यान त्यतातिर छैन।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नारायणकाजीको खुलासाः प्रधानमन्त्री र ‘रअ प्रमुखको भेट गोप्य, न पार्टीमा थाहा थियो, न परराष्ट्रमा

Read More →