Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

हेलिकप्टरले उडाएको धुलोले महोत्सव उदघाटन खल्लो, अतिथि तथा आगन्तुक धुलोले पुरिए

९ पुस,   खबरमञ्च,   at 4:59 PM

By   /  December 25, 2019  /  Comments Off on हेलिकप्टरले उडाएको धुलोले महोत्सव उदघाटन खल्लो, अतिथि तथा आगन्तुक धुलोले पुरिए

    Print       Email

धुलाबारी । झापाको मेचीनगर धुलाबारीमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटन कार्यक्रममा एउटा आकर्षण थियो। हेलिकप्टरबाट पुष्प गुच्छा झारेर उद्घाटन गर्ने। कतिपय मानिसहरु त्यही हेर्नका लागि पनि बुधबार त्यहाँ आएका थिए।

जब कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राईले दियो बालेर उद्घाटन गर्न लाग्या थिए, त्यही बेला हेलिकप्टर आकाशमा देखियो। उनले बाल्न लागेको दियो हावाले उडाइदियो।

त्यतिमात्र होइन, कार्यक्रममा उपस्थित अतिथि लगायत सबै धुलोले पुरिए। सञ्चारकर्मीहरुको उपकरणका झोला हेलिकप्टर गइसकेपछि बटुल्नुपर्यो। क्यामेरा जोगाउन तिर लाग्नुपर्यो।

आकर्षणका लागि ल्याएको हेलिकप्टरले सबैको सातो खायो। कार्यक्रम सञ्चालक मेची उद्योग वाणिज्य महासंघका महासचिव ध्रुव कनालले मञ्चबाटै माफी माग्नु पर्यो।

उक्त महोत्सव उद्घाटनमा बोल्दै मुख्यमन्त्री राईले निजी क्षेत्र समृद्धिको मेरुदण्ड भएको बताए। तर महोत्सव आयोजना गर्नुको मूल लक्ष्य तय गरिनुपर्नेमा उनको जोड थियो।

 

महोत्सवमा कलाकारहरुको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिने जनाइएको छ। उक्त महोत्सव पुस १७ गतेसम्म चल्नेछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

केराबारीका मनकारी घरधनी संजयले गरे मेरोमाइक्रोफाइनान्सलाई घरभाडा छुट

Read More →