Loading...
You are here:  Home  >  छापामा  >  Current Article

हेडसरमा विद्यावारिधिको बढ्दो ‘क्रेज’

७ कात्तिक,   खबरमञ्च,   at 6:54 AM

By   /  October 23, 2020  /  Comments Off on हेडसरमा विद्यावारिधिको बढ्दो ‘क्रेज’

    Print       Email

काठमाडौं । केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो ।

केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा समेत विद्यावारिधि ‘क्रेज’ देखिन थालेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकमा देखिन थालेको विद्यावारिधि आकर्षणले शिक्षाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्न सक्नेछ ।

काठमाडौँको नीर वाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका पौडेलले नेपाल संस्कृत विश्वविद्यालयबाट साढे दुई वर्ष पहिले नेपाली विषयमा विद्यावारिधि पूरा गरेका छन् । चितवनको भीमोदय माध्यमिक विद्यालयका प्रअ डा. हरिप्रसाद कँडेलले पनि व्यवस्थापन विषयमा पीएचडी उपाधि हासिल गरेपछि पनि विद्यालयलाई निरन्तर नेतृत्व गरेका छन् ।

यति मात्र होइन पीएचडी तहको उपाधि लिन विश्वविद्यालयमा आबद्ध हुने क्रम निकै बढेको छ । हालै मात्र काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रअ हेरम्बराज कँडेल त्रिभुवन विश्वविद्यालयबाट पीएचडीका अध्ययनका लागि औपचारिक रूपमा आबद्ध भएका छन् । यो क्रम पछिल्लो समय निकै बढेको छ ।

कक्षाकोठामा सकारात्मक प्रभाव

नील वाराही माविका प्रअ डा. पौडल आफूले पीएचडी उपाधि लिएपछि कक्षाकोठा, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकमा समेत यसले सकारात्मक प्रभाव पारेको अनुभव सुनाउँछन् ।

कक्षाकोठामा जिम्मेवारी थपिएको र अध्यापनको क्रममा समेत आत्मबल बढेको महसुस भएको उनी बताउँछन् । विद्यालयका शिक्षक तथा महिला शिक्षकमा समेत अध्ययन गर्ने रुचि बढेको आफूले पाएको जानकारी उनले दिनुभयो । आफ्ना धेरै सहकर्मीले एमफिल तहको अध्ययनमा समेत जुटेको उनी बताउँछन् । यसबाट सामुदायिक विद्यालयको साख बढाउन मद्दत पुग्ने जनाइएको छ ।

चितवनस्थित भीमोदय माध्यमिक विद्यालयका प्रअ डा. कँडेल यसबाट आफूमा आत्मविश्वास बढेको बताउँछन् । यसले व्यक्तिका साथै सम्बद्ध विद्यालयको विकासका लागि समेत सहयोग पर्ने उनी बताउँछन् । शिक्षकहरू विश्वविद्यालयको पीएचडी कार्यक्रममा आबद्ध हुने क्रमसमेत पछिल्लो समय निकै बढेको जनाइएको छ तर कति जना प्रधान अध्यापकले विद्यावारिधि गरेका छन् भन्ने तथ्याङ्क भने कतै छैन ।

सङ्घर्षबाट लिएको उपाधि

सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई पीएचडी कार्यक्रमका लागि कुनै सुविधा उपलब्ध गराइएको छैन । अध्ययन बिदा या अन्य खालको सुविधाबाट शिक्षकहरू वञ्चित रहेको राजधानीको रत्नराज्य विद्यालय बानेश्वरका पूर्वप्रधानाध्यापक डा. गीता खरेल बताउँछिन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट आठ वर्ष अघि पीएचडी उपाधि लिँदा धेरैले किन धेरै दुःख गर्नुभएको भन्थे तर मैले ज्ञान लिने सिक्ने, जान्ने नै जीवन त रहेछ नि भनेर उपाधिका लागि मोहित भएको हो, पूर्वप्रअ काफ्ले भन्छन्। शिक्षक अनुसन्धानमा केन्द्रित भए त्यसले कक्षाकोठा र विद्यार्थीमा नयाँ कुरा सिक्न जान्न प्रेरित गर्ने भएकोले सामुदायिक विद्यालयका प्रधानाध्यापकको पीएचडी गर्ने क्रमबाट आफू खुसी भएको उनी बताउँछिन् ।

त्रिभुवन विश्वविद्यालयले अध्यापकलाई वृत्ति विकासमा पीएचडीका लागि अलगै अङ्क दिने प्रावधान छ तर शिक्षकको वृत्ति विकासमा पीएचडीको कुनै अङ्क दिने प्रावधान छैन । विश्वविद्यालयले सुविधा दिएर गरिएको पीएचडीभन्दा आफ्नै सङ्घर्षले गरेको उपाधिबाटै आफू सन्तुष्ट भएको डा. खरेल बताउनुहुन्छ । प्रअ र पीएचडीको दोहोरो जिम्मेवारी हुँदा पीएचडी पूरा गर्न केही वर्ष समय लिएको उनको अनुभव छ । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

४ महिनामा आयो ४१ करोडको सेनिटाइजर, कुन महिनामा कति ?

Read More →