Loading...
You are here:  Home  >  अपराध  >  Current Article

हेटाैंडाकी सुस्मिताकाे हत्या परिवारकै सदस्यबाट, के हुन्छ अब कारवाही ?

१५ असार,   खबरमञ्च,   at 4:07 PM

By   /  June 29, 2020  /  Comments Off on हेटाैंडाकी सुस्मिताकाे हत्या परिवारकै सदस्यबाट, के हुन्छ अब कारवाही ?

    Print       Email

हेटौंडा । विभत्स अवस्थामा घरको भान्छामा मृत भेटिएकी हेटाैंडाकी सुस्मिता थापाको हत्या उकनै परिवारका सदस्यबाट भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

मकपानपुर प्रहरीले  दुई साताको अनुसन्धानपछि २२ वर्षीया थापाको हत्यामा सलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई आज सार्वजनिक गरेको छ ।

प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजजिक गरेको हो ।

प्रहरीकाे अनुसन्धानका आधारमा सुस्मिताका ससुराले जर्बजस्ती करणी प्रयाससमेत गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ  ।

थिए भने यसबाहेक घरमा पनि केही समयदेखि पारिवारिक किचलाे रहेकाे थियाे । यीनै कारण परिवारका सदस्यहरु मिलेर सुस्मिताको हत्या भएको देखिएको मकवानपुरका प्रहरी उपरिक्षक सुशील सिंह राठोरले बताए ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैद हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धनुषामा एक युवककाे हत्या, एकान्तमा लगेर गोली प्रहार गरेकाे हुनसक्ने प्रारम्भिक अनुमान

Read More →