Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली आज नेपाल आउँदै

३१ भदाै,   खबरमञ्च,   at 9:13 AM

By   /  September 16, 2020  /  Comments Off on हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली आज नेपाल आउँदै

    Print       Email

काठमाडौं । हिमाल आरोहणका लागि बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज नेपाल आउँदै छ ।

नेपाल सरकारले चार्टर उडानमार्फत् काठमाडौं आउन अनुमति दिएसँगै राजकुमार खालिफाको टोली नेपाल आउन लागेको हो । राजकुमारको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने तयारी छ । उनीहरुको आरोहणको जिम्मा नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ ।

राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ । त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम छ ।

शेर्पाका अनुसार लोबुचे आरोहणपछि हेलिकप्टरमा यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोझै फर्किनेछ । राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रपंतिमा खटिएका सैनिक काेराेनाकाे उच्च जाेखिममा, हालसम्म २ हजार २२४ जनामा संक्रमित

Read More →