Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

हिमालयन अंग्रेजी माविको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

१६ जेठ,   खबरमञ्च,   at 5:02 AM

By   /  May 30, 2022  /  Comments Off on हिमालयन अंग्रेजी माविको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

    Print       Email

झापा । झापाको मेचीनगर-९ मा सञ्चालित हिमालयन अंग्रेजी माविले विविध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव शनिवार सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक कमल नेपालको सभापतित्व तथा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट १५ विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो ।

सोही अवसरमा विद्यार्थीले विभिन्न जातजातिका नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गौरीमान फागो, विशिष्ट अतिथि मेचीनगर प्याब्सन अध्यक्ष डम्बर रुचाल, विद्यालयका डाइरेक्टर धनराज थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण थपलिया लगायतले पुरस्कार वितरण गरेका थिए ।

विद्यालय प्रशासन प्रमुख रीना थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका दुर्गा शाक्यले गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक कमल नेपालले धन्यवाद ज्ञापन गरेका थिए ।

२०४९ सालमा स्थापना भएको हिमालयन अंग्रेजी स्कूल खुट्टीडाँगी क्षेत्रकै पुराना र राम्रो विद्यालयको रुपमा चिनिन्छ ।

सो विद्यालयमा बुद्धशान्ति गाउँपालिका-४ र ५ नं वडाकासहित मेचीनगर क्षेत्रका बालबालिका अध्ययन गर्दछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा हल्दिबारीका विद्यालय अनिश्चितकालका लागि बन्द

Read More →