Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

हाल कायम रहेकै अवस्थाकाे लकडाउनलाई साउन ७ सम्म कायम राख्ने मन्त्रीपरिषदकाे निर्णय

१५ असार,   खबरमञ्चडेस्क,   at 9:21 PM

By   /  June 29, 2020  /  Comments Off on हाल कायम रहेकै अवस्थाकाे लकडाउनलाई साउन ७ सम्म कायम राख्ने मन्त्रीपरिषदकाे निर्णय

    Print       Email

काठमाडौं । सरकारले हाल कायम रहेकाेे आंशिक लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै अवस्थाकाे लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिने निर्णय गरेकाे हाे ।

यसअघि असार १ देखि लागू हुनेगरी सरकारले लकडाउनलाई खुकुलो बनाएको थियाे। जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।

त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।

यस्तै सरकारले साउन ७ सम्मै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय लिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्काे बैठक असार २६ गते बस्ने

Read More →