Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

हवाईसेवा शुल्क बृद्धिलगायत माग राख्दै बुधबारदेखि उडान बन्द गरिने वायुसेवा सञ्चालक संघको निर्णय

७ असार,   खबरमञ्च,   at 7:28 PM

By   /  June 21, 2022  /  Comments Off on हवाईसेवा शुल्क बृद्धिलगायत माग राख्दै बुधबारदेखि उडान बन्द गरिने वायुसेवा सञ्चालक संघको निर्णय

    Print       Email

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाईसेवा शुल्क बृद्धि लगायतका माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका छन् ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न नदिने निणर्य फिर्ता हुनुपर्ने लगाएतका ५ बुँदे माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका हुन् ।

उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न बन्द गरेकाले बिरोधमा उत्रनुपरेको संघका अध्यक्ष रामेश्वर थापाले जानकारी दिए ।

अत्यावश्यक सेवा बन्द गर्ने मनसाय नभएपनि सरकारी निणर्यले बाध्यात्मक अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले त्रिभुवन बिमानस्थलमा हेलिकप्टर संचालनका लागि दिर्घकालिन हेलिप्याड, मर्मर संभारका लागि ह्याङ्गर लगाएतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलव्ध गराउनुपर्ने बताए ।

सरकारले विभिन्न कम्पनीका ५० भन्दा बढि जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने बाध्यात्मकारी निणर्य गरेको संघले जनाएको छ ।

सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोक्ने निणर्य गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज राष्ट्रिय धान दिवसः धान/चामल आयातमा अर्बौं रकम बाहिरियो

Read More →