Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

हल्दीबारी ४ मा राप्रपाको प्यानल नै विजयी

३ जेठ,   खबरमञ्च,   at 5:59 PM

By   /  May 17, 2022  /  Comments Off on हल्दीबारी ४ मा राप्रपाको प्यानल नै विजयी

    Print       Email

हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मा राप्रपाको प्यानल विजयी भएको छ ।

नेपाली काँग्रेसतर्फबाट वडाअध्यक्ष बनेका निवर्तमान अध्यक्ष होमप्रसाद चुडाललाई हराउँदै राप्रपाका सन्तकुमार थापा वडाअध्यक्षमा निर्वाचित भएका हुन् । 

थापाले सापकोटालाई २७४ मतान्तरले हराएका हुन् । थापाले १०७२ र चुडालले ७९८ मत ल्याएका छन् । चुडाल भन्दा एमालेका रञ्जित मेचेले बढी मत ल्याए ।

मेचेले ८१६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट तारा ढकाल, सुरेन्द्र वाह्रकोटी, भगिरथा दाहाल र शान्ता देवी विश्वकर्मा निर्वाचित भएका छन् । यसअघि राप्रपाले १ नम्बर वडामा पनि प्यानल जितिसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →