Loading...
You are here:  Home  >  समाज  >  Current Article

हप्तामा २ दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै

८ असाेज,   खबरमञ्च,   at 5:31 PM

By   /  September 24, 2020  /  Comments Off on हप्तामा २ दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै

    Print       Email

 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्च स्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयका सह सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोईरालाको संयोजकत्वमा ,पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ ।

समितिले अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताब तयार गर्ने भएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि, कोरोना संक्रमितले भने कोरोना मुक्त भएपछि परीक्षा दिन पाउने

Read More →