Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

स-परिवार बेलहियाहुँदै नेपाल आइन् अभिनेत्री मनिषा काेइराला

२० जेठ,   खबरमञ्च,   at 10:08 PM

By   /  June 2, 2020  /  Comments Off on स-परिवार बेलहियाहुँदै नेपाल आइन् अभिनेत्री मनिषा काेइराला

    Print       Email

बुटवल । चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छन् ।

परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश फर्किएकी उनी त्यहीबाट काठमाडौँ आएकाे बताइएकाे छ ।

उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उनीहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ ।

कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छन् ।रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

Read More →