Loading...
You are here:  Home  >  स्वास्थ्य

स्वास्थ्य

बिरामीको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यमन्त्री ढकालको निर्देशन

 काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् । शुक्रबार न्याम्सका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिनेक्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिएका हुन् । मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका […]

अप्रिल महिनाभित्र कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउँछ?

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमण अप्रिल महिनाभित्र नियन्त्रणमा आउनसक्ने बताउन थालिएको छ। कोरोना भाइरसको महामारी अप्रिल महिनाभित्रै नियन्त्रणमा आउनसक्ने चीनका एक प्रमुख श्वासप्रश्वाससम्बन्धी विज्ञले बताएका छन्। यद्यपि, अर्को चरणको महामारी सुरु हुनसक्नेतर्फ पनि उनले सचेत गराएका छन्। ‘हरेक मुलुकले आक्रामक र प्रभावकारी उपाय अपनाएका छन्,’ झोङ नानसानले भने, ‘त्यसैले मलाई लाग्छ अप्रिल […]

कोभिड १९ का थप नयाँ संक्रमित बिरामी फेला परेका छैनन्ः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)का थप नयाँ संक्रमित बिरामी फेला नपरेको जनाएको छ। शुक्रबार मन्त्रालयमा भएको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारपछि थप नयाँ कोरोना पोजेटिभ नदेखिएको प्रस्ट पारेका हुन्। उनले निको भएकालाई छाडेर अहिले संक्रमितको संख्या ५ वटा रहेको जानकारी दिए। संक्रमित भएको पाँचै जनाको उपचार […]

अहिलेसम्म १ हजार १ सय ८४ जनाको कोरोना भाइरस संक्रमण जाँच

काठमाडौं । कोरोना  स‌ंक्रमणकाे आशंकामा अहिलेसम्म काठमाडौंसहित विभिन्न जिल्लामा गरेर १ हजार १ सय ८४ जनाकाे नमुना जाँच  गरिएको छ । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४३ वटा काठमाडौंमा र धरानमा १२ वटा नमुना जाँचका क्रममा रहेका बताए । कोरोना भाइरस संक्रमणको शंका लागेका १७ जनालाई प्राथमिकतामा राखेर नमुना जाँच गरिने […]

छैटौँ कोरोना संक्रमित पनि बागलुङकै महिला

काठमाडौं । नेपालमा पुष्टि भएको छैटौं कोरोना भाइरस संक्रमित पनि बागलुङकै भएको खुलेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार एयरवेजको क्युआर ६५२ बाट चैत ४ गते नेपाल आएकी बागलुङकी एक महिलामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । यसअघि उक्त विमानमै बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । […]

कोरोना संक्रमणको आशंकामा देशभर १०५ जना आइसोलेशनमा

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा देशभर १०५ जना आइसोनेशनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोनाको लक्षण देखिएकाहरूलाई आइसोलेशनमा राखिएको हो । उनका अनुसार १६ जना उपत्यका भित्र र ८९ जना उपत्यका बाहिरका विभिन्न अस्पतालमा उपचाररत छन् । हालसम्म ११८४ जनाको कोरोना परीक्षण […]