Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

स्वास्थ्य मन्त्रालयले भन्योः मतदानका दिन कोरोना खोप अभियान सञ्चालन गर्न सकिँदैन

२५ बैशाख,   खबरमञ्च,   at 2:08 PM

By   /  May 8, 2022  /  Comments Off on स्वास्थ्य मन्त्रालयले भन्योः मतदानका दिन कोरोना खोप अभियान सञ्चालन गर्न सकिँदैन

    Print       Email

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्थानीय तहको निर्वाचनको दिन बैशाख ३० गते कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन नगर्ने जनाएको छ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै खोप अभियान सञ्चालन नगर्न जनाएको हो।

सबै कर्मचारी मतदान गर्न जानु पर्ने भएकाले खोप अभियान सञ्चालन गर्न नसकिने मन्त्रालयले जनाएको हो।

मन्त्रालयले सबै मतदाताले मतदानका क्रममा स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड – १९ विरुद्धको खोप दिइँदै

Read More →