Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट, प्रदेश राजधानीमा ३ सय शैयाको सरुवा रोग अस्पताल बन्ने

१५ जेठ,   खबरमञ्च,   at 5:33 PM

By   /  May 28, 2020  /  Comments Off on स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट, प्रदेश राजधानीमा ३ सय शैयाको सरुवा रोग अस्पताल बन्ने

    Print       Email

काठमाडौं । स्वास्थ्य क्षेत्रका लागि सरकारले ९० अर्ब ६९ करोड रुपैयाँ रकम बिनियोजन गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त रकम बिनियोजन गरेको जानकारी दिएका हुन्।

सरकारले तीन सय शैयाको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ।

सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने उनले बताए ।

स्वास्थ्य पूर्वाधार विकास लागि सरकारले १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ।

कोरोना तथा संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पाँच लाखको नि:शुल्क स्वास्थ्य बिमा गरिने छ।

एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कायान्वयनमा ल्याइने भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भदाै १५ सम्म हवाई उडान र लामाेदूरीका गाडि नचल्ने

Read More →