Loading...
You are here:  Home  >  अपराध  >  Current Article

स्याङ्जामा दाजुले गरे बहिनीको बलात्कार

१४ जेठ,   रासस,   at 9:18 AM

By   /  May 27, 2020  /  Comments Off on स्याङ्जामा दाजुले गरे बहिनीको बलात्कार

    Print       Email

स्याङ्जा।  एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ ।

१९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताए ।

बलात्कारको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बमजनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दायर

Read More →