Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

स्थायी कमिटी बैठकमा शनिवार पनि बसेनन् अध्यक्ष ओली

१३ असार,   खबरमञ्च,   at 12:27 PM

By   /  June 27, 2020  /  Comments Off on स्थायी कमिटी बैठकमा शनिवार पनि बसेनन् अध्यक्ष ओली

    Print       Email

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली शनिबारको स्थायी कमिटीको बैठकमा अनुपस्थित रहेका छन्।

शनिवार तेस्रो दिन पनि नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली बैठक कक्षमा आएपछि शनिवारको बैठक शुरु भएको थियो । तर, ५/७ मिनेट बसेर फर्केको थापाले बताए । सरकारकाे अन्य कामको व्यस्तताकाे कारण ओली बैठकमा बस्न नपाएको बालुवाटार स्रोत बताउँछ।

स्थायी कमिटी सदस्यहरूले ओली एकछिन् मुख देखाएर हिँडिहालेको गुनासो गरेका छन्।

दोस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले चर्को आलाचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए ।

शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए । बाँकी सदस्यहरुले शनिवार सोही विषयमा धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ ।

यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विवाद समाधान गर्न आज पनि ओली-प्रचण्डबीच वान टु वान वार्ता

Read More →