
काठमाडौं । आफ्नो पार्टीको स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
मंगलबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।
पार्टीभित्र प्रधानमन्त्री ओली राजीनामाको माग आइरहेका बेला राष्ट्रपतिसंगको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
नेकपा भित्र शक्ति सन्तुलन तथा प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिका विषयमा भेटवार्तामा छलफल भएको नेताहरूको अनुमान छ।