Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

३० पुस,   खबरमञ्च,   at 7:40 AM

By   /  January 14, 2022  /  Comments Off on स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

    Print       Email

काठमाडौं । निर्वाचन आयोगकाे आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयाेगले बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलाे कार्यकाल पूरा हुन थाल्दा निर्वाचनकाे तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

Read More →