Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

२९ पुस,   खबरमञ्च,   at 10:52 AM

By   /  January 13, 2022  /  Comments Off on स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

    Print       Email

काठमाडौं । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्बदलीय बैठक आब्हान गरेको छ ।

राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘भोलिको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानिय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा सर्वदलीय बैठकमा कुराकानी हुनेछ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

Read More →