Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

स्थगित परीक्षा गर्ने तयारीमा त्रिविः सेमेस्टार परीक्षा दसैंअघि, वार्षिक परीक्षा दसैं पछाडि

१३ भदाै,   खबरमञ्च,   at 4:39 PM

By   /  August 29, 2020  /  Comments Off on स्थगित परीक्षा गर्ने तयारीमा त्रिविः सेमेस्टार परीक्षा दसैंअघि, वार्षिक परीक्षा दसैं पछाडि

    Print       Email

काठमाडौं । काेराेना भाइरस संक्रमणकाे त्रासले देशमा लकडाउन घाेषणा भएसँगै स्थगित भएका त्रिविका परीक्षाहरु कहिले हुन्छन् भन्ने अन्याैलता छाइरहेकाे छ ।

यसैमा त्रिभुवन विश्वविद्यालयले सेमेस्टार र वार्षिक परीक्षा गर्ने सम्बन्धमा तयारी अघि बढाएकाे जनाएकाे छ ।

त्रिविले अनलाइनबाट परीक्षा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएकाे हाे । जसअनुसार समेष्टर प्रणाली अन्तर्गतका परीक्षा दसैंअघि नै सञ्चालन गर्ने गरी तयारी भइरहेकाे उपकुलपति धर्मकान्त बास्कोटाले बताए ।  वार्षिक परीक्षा भने दसैंअघि हुने छैनन् ।

तर काेराेनाकाे त्रास बढेसँगै विद्यार्थीहरु गाउँ गाउँ गएकाे  छन् । र उनीहरु विद्यालयकाे सम्पर्कमा नरहेकाे अवस्थामा अनलाइनबाट गर्ने भनिएकाे परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने विषयमा भने टुंगाे भइसकेकाे छैन । त्रिविका सम्बन्धन तथा आंगिक क्याम्पसमा गरेर हाल चार लाख ९२ हजार परीक्षार्थी छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भद्रपुरका दुई विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई लायन्स क्लब अफ बालाजुकाे छात्रवृत्ति

Read More →