Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

सैनिककाे हाैसला बढाउन लद्दाख पुगे भारतीय प्रधानमन्त्री माेदी

१९ असार,   खबरमञ्च,   at 12:59 PM

By   /  July 3, 2020  /  Comments Off on सैनिककाे हाैसला बढाउन लद्दाख पुगे भारतीय प्रधानमन्त्री माेदी

    Print       Email

एजेन्सी ।  भारत र चीनबी जारी विवादका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन्।

भारतीय प्रधानमन्त्री माेदी शुक्रबार विहान सेना प्रमुख मनोज मुकुन्द नरभाने, चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथ ११ हजार फिट उचाईंमा रहेको लद्दाखको निमु पुगेर प्रधानमन्त्री मोदीले सेना, हवाई फोर्स, इण्डो तिब्बत बोर्डर पोस्टका अधिकारीबाट बिफ्रिङ लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गत १५ जुनमा लद्दाखको सीमा गलवान घाटीमा भारतीय र चिनियाँ सेनाबीच भएकाे हिंस्रक झडपमा परी २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

विशेषतः आज सैनिकको हौसला बढाउन र आफू सेनाको साथमा रहेको सन्देश चीनलाई दिन पनि मोदी लद्दाख पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यसबाहेक मोदीले झडपमा घाइते भएका सैनिकहरुलाई पनि भेट्ने जनाइएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लेबनानको बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु

Read More →