Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पूर्ण कार्य तत्काल रोक्न संसदीय समितिकाे निर्देशन

८ फागुन,   खबरमञ्च,   at 3:02 PM

By   /  February 20, 2020  /  Comments Off on सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पूर्ण कार्य तत्काल रोक्न संसदीय समितिकाे निर्देशन

    Print       Email

काठमाडौं ।  प्रतिनिधिसभाकाे सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पूर्ण कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ।

समितिकाे आज बसेकाे बबेठकले तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनाको काम अघि नबढाउन निर्देशन दिएको हो।

गएराति हाम्राकुरा डट कमले मन्त्री बाँस्काेटाले सेक्युरिटि प्रिन्टिङ प्रेसकाे खरिदमा आफूले ७० करोड कमिसन पाउनगरि सेटिङ् गरिरहेकाे अडियाेसहितकाे समाचार प्रकाशित गरेकाे थियाे ।

घट्ना सार्वजनिक भए लगत्तै खरिद प्रक्रियालाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

लगत्तै समितिले पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतलाई बाेलाएर छलफल गरेकाे हाे ।

छलफलपछि निश्किएकाे निश्कर्षका आधारमा समितिले खरिद प्रक्रियाका सम्पूर्ण काम तत्कालका लागि राेक्न निर्देशन दिएकाे समितिमा एक सदस्यले बताए   ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानमा पनि टिकटकमा लाग्यो प्रतिवन्ध

Read More →