Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

सुवास नेम्बाङको फोनले रोकियो कर्णाली प्रदेशका मन्त्रीहरूको राजीनामा

२७ असोज,   खबरमञ्च,   at 1:32 PM

By   /  October 13, 2020  /  Comments Off on सुवास नेम्बाङको फोनले रोकियो कर्णाली प्रदेशका मन्त्रीहरूको राजीनामा

    Print       Email

काठमाडौं । सत्तारुढ नेकपाका केन्द्रीय नेता तथा संसदीय दलका उपनेता सुवास नेम्बाङको टेलिफोन कलले कर्णाली प्रदेशका मन्त्रीहरूको राजीनामा रोकिएको छ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री नन्दसिंह बुढालाई राजिनामा नदिन प्रधानमन्त्री ओलीका तर्फबाट नेम्वाङले मंगलबार फोन गरेका हुन्।

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दिएका सांसदहरुले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई मन्त्रीबाट राजिनामा गरेर दलका सचेतक गुलावजंग शाहले बोलाएको बैठकमा आउन आग्रह गरेका थिए।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीकोतर्फबाट नेता नेम्वाङले फोन गरेर विवाद थप बढाउने गरी अघि नबढ्न निर्देशन दिएका थिए।

दुई मन्त्रीले नेम्बाङको फोनपछि राजीनामा नगर्ने मुडमा पुगेको बताइएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →