Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सुरक्षा पालना नगरी लापरबाही गरिएकाले ठूलो दुर्घटना निम्तिने स्वास्थ्य मन्त्रालयको चेतावनी

१६ साउन,   खबरमञ्च,   at 8:08 PM

By   /  July 31, 2020  /  Comments Off on सुरक्षा पालना नगरी लापरबाही गरिएकाले ठूलो दुर्घटना निम्तिने स्वास्थ्य मन्त्रालयको चेतावनी

    Print       Email

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न तथा राजनीतिक दलका भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।

कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्ने क्रम जारी रहँदा ठूलो दुर्घटना निम्तिने खतरा रहेको मन्त्रालयले चेतावनी दिएको छ।

कोरोनाविरुद्ध सरकारले लागू गरेका नियम पालना नगरी लापरबाही बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसले काठमाडौंको जनस्वास्थ्यमा ठूलो दुर्घटना निम्तिने चेतावनी दिएका हुन्।

नियमित ‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘काठमाण्डुमा फाटफुट केसहरू भेटिइरहेका छन्। काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ। यसमा पथपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →