Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सुनको मुल्य तोलाको ६ हजार २ सय रुपैयाँले घट्यो

२८ साउन,   खबरमञ्च,   at 12:25 PM

By   /  August 12, 2020  /  Comments Off on सुनको मुल्य तोलाको ६ हजार २ सय रुपैयाँले घट्यो

    Print       Email

काठमाडौं । केही दिन अघि सुनको मुल्यमा अत्याधिक बृद्धि भएको थियो ।

हालसम्मकै सबैभन्दा उच्च एक लाख दुई हजार भन्दा बढी भएको सुनको मूल्य अहिले आएर फेरि ओरालो लाग्न थालेको छ ।

आज एकैदिन सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ ।

यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →