
बिर्तामोड । झापामा एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएका छन्।
नेपाल-भारत सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले झापामा एकै दिन पाँच वटा बीओपी स्थापना गरिएको हो।
झापामा सशस्त्र प्रहरीको बीओपीको सङ्ख्या १७ पुगेको छ।
आइतबार झापाको मेचीनगर ५ को नकलबन्दामा सशस्त्र प्रहरीको बीओपीको उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशी दाहालले गरेका थिए।
उनले नै मेचीनगर १ स्थित तिरिङ, भद्रपुर ३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा सशस्त्र प्रहरीको बीओपी उद्घाटनको घोषणा गरेका थिए। एउटा बीओपीमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सुरक्षाकर्मी रहने छन्।