Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन मुख्यमन्त्री पोखरेलकाे आग्रह

२७ वैशाख,   खबरमञ्च,   at 2:48 PM

By   /  May 9, 2020  /  Comments Off on सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन मुख्यमन्त्री पोखरेलकाे आग्रह

    Print       Email

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गरेका छन् ।   सामाजिक सञ्जालमार्फत आज उनले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताएका छन् ।

“लकडाउनले खुला सीमाको समस्या उजागर गरेका बेला कालापानी क्षेत्रको  किचलो नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर हो ”, उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनसमेत आग्रह गरेका छन् । उनले प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह गरेका छन् । उनले भनेका छन्, “दक्षिण भारत र दिल्लीबाट आउनुभएका प्रदेश ५ का सबै अनिवार्य रुपमा कोभिड–१९ को परीक्षण गराएर मात्र घर जानुहोला । परीक्षण निःशुल्क छ । ”

यसअघि मुख्यमन्त्री पोखरेलले भारतबाट लुकिछिपी आउने नागरिकका बारेमा सुरक्षा निकायलाई जानकारी दिई नजीकको क्वारेन्टिनमा राख्न लगाउन आग्रह गरेका थिए । उनले समुदायलाई कोरोनाबाट जोगाउन सबैसँग आग्रहसमेत गरेका छन् । रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्णाली प्रदेशः अन्तरजातीय बिहेकाे विषयमा भएकाे घटनाकाे छानबिन गर्न उच्चस्तरीय समिति गठनकाे माग

Read More →