Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सीमा बन्दमा पनि रोकिएन लागू पदार्थ कारोबार, झापाको भद्रपुरबाट दुई जना पक्राउ

१५ साउन,   खबरमञ्च,   at 2:54 PM

By   /  July 30, 2020  /  Comments Off on सीमा बन्दमा पनि रोकिएन लागू पदार्थ कारोबार, झापाको भद्रपुरबाट दुई जना पक्राउ

    Print       Email

भद्रपुर । नेपाल-भारतबीचका सीमा नाका बन्द भएको अवस्थामा पनि प्रतिवन्धित लागू पदार्थको कारोबार भइरहेको पाइएको छ।

प्रहरीले झापाको भद्रपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले भद्रपुर नगरपालिका–४ मन्त्री चोकबाट दुई जनालाई लागू औषधसहित पक्राउ गरेको हो।

प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न रहेको कसुरमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार भद्रपुर– ३ धिमाल धुरा घर बताउने वर्ष २६ को अजय थापा र वर्ष २२ को रोशन माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूको साथबाट लागू औषध बरामद भएको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →