Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सीमाविदको प्रश्नः सीमामा नेपालको उपस्थिति खोइ?

१६ मंसिर,   खबरमञ्च,   at 9:10 PM

By   /  December 2, 2019  /  Comments Off on सीमाविदको प्रश्नः सीमामा नेपालको उपस्थिति खोइ?

    Print       Email

काठमाडौं । सीमा बारे लामो अध्ययन गरेकाहरुले नेपाल र भारतबीचको सीमामा नेपालको उपस्थिति नभएका कारण सीमाका विवाद दिनहुँ बढ्दै गएको बताएका छन्। सम्वाद कार्यक्रममा उपस्थित नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बरालले भारततर्फ उसका फौज तैनाथ रहि आएका तर नेपाल तर्फको भने उपस्थिति नै नभएको बताए।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठानले सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय सीमा र यसको प्रभावकारी व्यवस्थापन विषयको सम्वाद कार्यक्रममा उनले भने, ‘भारतमा अंग्रेज शासन र नेपालमा राणा शासन भएका बेला सीमा चुस्त थिए। तर जब भारतमा र नेपालमा प्रजातन्त्र आयो। सीमा विवाद बढेर गयो। बरु नेपालमा राणा शासनका बेला सीमा निगरानी बढी थियो।’नापी विभागका अर्का पूर्वमहानिर्देशक पूण्यप्रसाद ओलीले सीमाका विषयमा २०३० सालतिर राज्य व्यवस्था राम्रो भएको बताए। उनले भने, ‘त्यो बेला राम्रो थियो।अहिले त खत्तम छ।’

विगत लामो समयदेखि सुस्तामा संघर्ष गर्दै आएका नेपालीहरुले जबसम्म सीमा विवाद मिल्दैन र भारतले अतिक्रमण गरेको भूमि फिर्ता हुँदैन तबसम्म आन्दोलन जारी राख्ने बताए। सुस्ताबासी गोपाल गुरुङले भने, ‘२०६२ सालदेखि सुस्तामा भारतद्वारा अतिक्रमण सुरु भयो। तर हामी थाकेका छैनौँ।’

उनले नेपाली सीमा क्षेत्रमा सुरक्षा पोस्ट स्थापना गर्नुपर्नेमा जोड दिए। दार्चुलाबासी करबीरसिंह कार्कीले नेपालले सीमा क्षेत्रसम्म पुग्नका लागि पूर्वाधार निर्माणमा ध्यान नदिएको बताए। उनले भने, ‘भारतले सीमा क्षेत्रमा धेरै सुविधा दिएको छ तर नेपालको खोइ उपस्थिति? पूर्वाधार निर्माण खोइ?

पत्रकार रिसालको प्रश्न, ‘चुच्चे नक्सा बुच्चे बनाउने को हो?’

पत्रकार भैरव रिसालले उक्त कार्यक्रममा आक्रोशित मुद्रामा चुच्चे नक्सालाई बुच्चे बनाउनेमाथि कारवाही हुनुपर्ने बताए।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठानले सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय सीमा र यसको प्रभावकारी व्यवस्थापन विषयको सम्वाद कार्यक्रममा सीमा विषयमा भारतले नेपालसँग धेरै बदमासी गरिरहेको बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आजदेखि जिम्मेवारी सम्हाल्दै नवनियुक्त आइजिपी थापा

Read More →