Loading...
You are here:  Home  >  छापामा  >  Current Article

सीमामा खटिएका प्रहरीलाई छाक टार्न मुस्किल

३१ भदौ,   खबरमञ्च,   at 7:39 AM

By   /  September 16, 2020  /  Comments Off on सीमामा खटिएका प्रहरीलाई छाक टार्न मुस्किल

    Print       Email

बझाङ । २१ भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती पो गरिहाले कि भन्ने सोचेर उनले बाहिर निस्कन हिम्मत गरिनन् ।

तर, प्रहरी नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो । र, मनमनै सोचिन्– सरकारी कर्मचारी, त्यसमा पनि प्रहरीको यो अवस्था छ भने हामी जस्ताको त हिसाब नै हुँदैन ।

भएको के रहेछ भने, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी टोली भदौ २० को रात भोकभोकै सुत्नुपरेपछि एकाबिहानै रुप्सीको घरमा खाद्यान्न पैँचोका लागि पुगेको रहेछ ।

यहाँ कार्यरत प्रहरीले खाद्यान्नको अभावमा यसरी नै पैँचो मागेर पेट भरिरहनुपरेको छ । यो समाचार आजको राजधानी दैनिकमा डीबी विष्टले लेखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सत्तारूढ दल नेकपामा भागबन्डा मिलाउन तीन मन्त्रालय टुक्रयाइँदै

Read More →