Loading...
You are here:  Home  >  समाज  >  Current Article

सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ

३ माघ,   खबरमञ्च,   at 2:07 PM

By   /  January 17, 2020  /  Comments Off on सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ

    Print       Email

सिरहा । सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान– २ का २५ वर्षीय लक्ष्मेश्वर महतो र २६ वर्षीय धनिकलाल महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम ९० मिलिग्राम र गाँजा १० ग्राम ६७० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । यस्तै सिरहाको भगवानपुर गाउँपालिका– ५ इनर्वाबाट प्रहरीचौकी ठाडीको टोलीले लागुऔषधसहित लहान– ५ का २० वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको छ ।

पक्राउ परेका समीरको साथबाट लागुऔषध फेनारगन सात एम्पुल, डाजिल्याब सात एम्पुल, नामलेबल नभएको सात एम्पुल बरामद् गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गोरू काटेर खाएको आरोपमा अर्जुनधारा झापाका तीन जना पक्राउ

Read More →