Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

सिपिएल खेल्न सन्दीप चार्टर्ड जहाजमा ट्रिनिडाड एन्ड टोबागोतर्फ जाँदै

१५ साउन,   खबरमञ्च,   at 11:43 AM

By   /  July 30, 2020  /  Comments Off on सिपिएल खेल्न सन्दीप चार्टर्ड जहाजमा ट्रिनिडाड एन्ड टोबागोतर्फ जाँदै

    Print       Email

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने भएका छन् । उनी सिपिएल खेल्न आज कोरियन एयरको चार्टर्ड जहाजमा ट्रिनिडाड एन्ड टोबागोतर्फ जान लागेका हुन् ।

यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल थियो । सरकार र अन्य विभिन्न निकायबाट सहयोग प्राप्त भएपछि सन्दीप टोबागो जान सहज भएको हो ।

सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेछ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेपछि सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको थियो । उनले टोबागो पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी पनि हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् । सिपिएल आगामी भदौ २ देखि भदौ २५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

Read More →