Loading...
You are here:  Home  >  समाज  >  Current Article

सिन्धुपाल्चोकमा फेरि पहिरोः १८ घर पुरेको आशंका, धेरै मानिस बेपत्ता

२८ भदौ,   खबरमञ्च,   at 6:57 AM

By   /  September 13, 2020  /  Comments Off on सिन्धुपाल्चोकमा फेरि पहिरोः १८ घर पुरेको आशंका, धेरै मानिस बेपत्ता

    Print       Email

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १८ घर पुरेको आशंका गरिएको छ।

जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बताए।

स्थानीय शिक्षक बजीर भण्डारीको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल जाँदै गरेको पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अग्रपंतिमा खटिएका सैनिक काेराेनाकाे उच्च जाेखिममा, हालसम्म २ हजार २२४ जनामा संक्रमित

Read More →