Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

साहित्यकारद्वय प्रश्रित र उप्रेतीबीच आरोप-प्रत्यारोप, दुवैद्वारा पद्मश्री सम्मान नलिने घोषणा

१२ असोज,   खबरमञ्च,   at 1:53 PM

By   /  September 28, 2020  /  Comments Off on साहित्यकारद्वय प्रश्रित र उप्रेतीबीच आरोप-प्रत्यारोप, दुवैद्वारा पद्मश्री सम्मान नलिने घोषणा

    Print       Email

काठमाडौं । साहित्यकारहरु मोदनाथ प्रश्रित र सञ्जीव उप्रेती दुवैले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन्।

प्रश्रितले सोमबार विज्ञप्ति जारी गर्दै आफूलाई दिइएको सम्मान नलिने निर्णय गरेको जनाएका छन्।

उनले संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका हुन्। ‘खेम-हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु’, विज्ञप्तिमा उनले भनेका छन्, ‘पद्मश्री साधना सम्मानको सुचना सार्वजनिक भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु।’

लेखक सञ्‍जीव उप्रेतीले पद्मश्री सम्मान मोदनाथ प्रश्रितसँग एकै मञ्‍चमा बसेर लिन नसक्ने बताएका थिए।  खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री  साहित्य पुरस्कार आफूलाई दिने निर्णयबारे जानकारी पाएपछि उनले अर्का साहित्यकारसमेत रहेका प्रश्रितसँगै एकै मञ्‍चबाट उक्त पुरस्कार लिन नसक्ने बताएका हुन्।

प्रतिष्ठानले आइतवार गरेको निर्णयानुसार पद्मश्री साधना सम्मान मोदनाथ र उप्रेतीलाई दिने निर्णय गरेको थियो।  ‘मैले महिला अधिकार र दलित अधिकारबारेमा लेख्दै आएको छु’, उनले भने, ‘दलित र महिलाको पक्षमा लेखनमार्फत वकालत गर्दै आएको छु। मलाई उहाँ (मोदनाथ) सँग एकै मञ्‍चमा बसेर उक्त पुरस्कार लिन उचित लागेन।’​

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तस्बिरमा हेर्नुस् कलाकारकाे दसैं !

Read More →