Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना

२० मंसिर,   खबरमञ्च,   at 2:52 PM

By   /  December 6, 2022  /  Comments Off on सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना

    Print       Email

काठमाडौं । सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना दिइएको छ ।

सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले मंगलबार महानगर अगाडी धर्ना दिएको हो ।

समितिले सही सुकुम्वासी पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेका छन् ।

त्यस्तै समितिले सुकुम्वासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने समेत जनाएका छन् । धर्नामा सहभागीहरुले सुकुम्वासीको नाममा राजनीति गर्न पाइँदैन, भूमि भएका कसरी सुकुम्वासी हुन्छ ? लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

समितिले सरकारी जग्गा अतिक्रमण रोक्नुपर्ने र सही सुकुम्वासी पहिचान गर्नुपर्ने भन्दै महानगरमा ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

घनश्याम भुसाल चढेको गाडी दुर्घटना

Read More →