Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सार्वजनिक यातायात र हवाई उडान तत्काल सञ्चालन नगर्ने सरकारको निर्णय

२६ साउन,   खबरमञ्च,   at 9:09 PM

By   /  August 10, 2020  /  Comments Off on सार्वजनिक यातायात र हवाई उडान तत्काल सञ्चालन नगर्ने सरकारको निर्णय

    Print       Email

काठमाडौं । सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म सरकारले रोक लगाएको छ।

काठमाडौ उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको हो।

काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरमले गरेको आग्रहमा सरकारले यस्तो निर्णय गरेको हो।

भदौ १ गतेदेखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा पनि रोक लगाउने निर्णय सरकारले गरेको छ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ।  उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने सरकारले निर्णय गरेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाको साँगठनिक एकताको बाँकी कामको ठोस प्रस्ताव तयार गर्न ओली, प्रचण्ड र पौडेललाई जिम्मा

Read More →