Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सामूहिक राजीनामाबारे छलफल गर्दै नेपाल-खनाल पक्ष

२१ वैशाख,   खबरमञ्च,   at 1:27 PM

By   /  May 4, 2021  /  Comments Off on सामूहिक राजीनामाबारे छलफल गर्दै नेपाल-खनाल पक्ष

    Print       Email

सत्तारुढ नेकपा एमालेकाे माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी विवाद समाधानमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ‌ओली लचक नभए सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका ओलीले त्यसअघि नै आफूहरुसँग सम्झौता नगरे सामूहिक राजीनामाको हतियार प्रयोग गर्ने रणनीति बनाउने भएका हुन् ।

खबरमञ्चसँगको कुराकानीमा नेपाल-खनाल समूहका एक नेताले थुप्रै विकल्पमाथि छलफल भइरहेकाे भन्दै सामूहिक राजीनामाबारे पनि छलफल भइरहेकाे बताए । ‘धेरै विकल्पमाथि छलफल भइरहेकाे छ । तर हाम्रो प्राथमिकता पार्टी नफुटोस् भन्ने नै हुन्छ, तर यदि ओलीजी लचक हुनु भएन भने हामी कठोर निर्णय लिन सक्छौं त्यो सामूहिक राजीनामा पनि हुनसक्छ,’ती नेताले भने ।

सामूहिक राजीनामा दिए संसदकाे तत्काल कायम रहेकाे संख्यामा फेरबदल हुने र विपक्षीकाे सजिलै बहुमत पुग्ने यो पक्षको दाबी छ । कुनै पनि हालतमा ओलीलाई गलाएरै छाड्ने रणनीतिमा पुगेका उनीहरु ओलीले कारवाही गर्नुअघि नै सामूहिक राजीनामा दिने बारे छलफल गरिरहेका छन् ।

त्यसका लागि सोमबार बिहानैबाट उनीहरु भर्चुअल माध्यमबाट कानूनविद्सँग छलफल समेत गरिरहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →