
काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण र नियमन गर्न नयाँ निर्देशिका ल्याउने बताएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न सामाजिक सञ्जाल निर्देशिका ल्याउने बताएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
उनले पछिल्ला दिनहरुमा अदालत, राष्ट्रपति बारे समेत सामाजिक सञ्जाल र केहि अनलाइनमार्फत भ्रामक अभिव्यक्ति गर्ने गरेको र दर्ता बिनै फेसबुक, यूट्यूब जस्ता अनलाइनको विकृत रोक्न सामाजिक सञ्जाल संचालन सम्बन्धि निर्देशिका ल्याउने बताए।
संचारक्षेत्र र संचारमाध्यमलाई अराजकता हुने र अमर्यादित हुने तर्फ सचेतसमेत गराउने उनले बताए।