Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साफ यु–२० पुरुष फुटबल च्याम्पियनसीपः तेस्रो जितको खोजीमा नेपाल

१५ साउन,   खबरमञ्च,   at 10:58 AM

By   /  July 31, 2022  /  Comments Off on साफ यु–२० पुरुष फुटबल च्याम्पियनसीपः तेस्रो जितको खोजीमा नेपाल

    Print       Email

काठमाडौं । भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसीप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज आइतबार नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजेपछि सुरु हुनेछ ।

पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन चाहन्छ । भारतलाई हराएर लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल प्रवेश गर्ने सोचका साथ मैदान उत्रिनेछ ।

यसअघि भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो भने श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । नेपालको २ खेलबाट ६ अंक छ ।

नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार खेल्नेछ ।

भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।

पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मैत्रीपूर्ण फुटबलः नेपालद्वारा बंगलादेश पराजित

Read More →